Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काँग्रेस र माओवादीसँग सहकार्य गर्दै प्रदेश २

    काँग्रेस र माओवादीसँग सहकार्य गर्दै प्रदेश २

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ सरकारले जसपा महन्थ ठाकुर पक्षका मन्त्रीहरुलाई बर्खास्त गरेपछि नयाँ समिकरण अनुरुप सरकार गठनको तयारी गरेको छ ।

    नेपाली काँग्रेस र माओवादी केन्द्रलाई आज सरकारमा सहभागी गराउने तयारी भई रहेको स्रोतले बताएका छन् ।



    स्रोतका अनुसार सत्ता सहकार्यको लागि आज दुबै दलसँग छलफलमा मुख्यमन्त्री लालबाबु राउत जुट्दैछन् । प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाएर सत्ता सहकार्य गर्ने अन्तिम चरणमा पुगेको हो । काँग्रेस र माओवादी केन्द्रसँग आज छलफल गरी सहमति पश्चात पत्रमा हस्ताक्षर गर्ने आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।



    मन्त्रालय बढाउने पूर्वयोजना नै थियो 

    ‘६ वटा मन्त्रालयलाई १० वटा बनाउने हाम्रो पूर्वयोजना नै थियो । त्यसै अनुरुप आजको बैठकबाट १० वटा बनाउने तयारी भईरहेको,’ उनले भने, ‘तर कुन–कुन मन्त्रालय फुटाउने भन्ने विषयमा टुगो लागेको छैन् ।

    प्रदेश २ मा जसपाको उपेन्द्र यादव समूहका ३०, महन्थ ठाकुर समूहका २५, नेकपा एमालेका २१ र नेपाली काँग्रेसका १९ सिट रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार