Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • संसद विघटनविरुद्दको मुद्दा : महान्यायाधिवक्ता बडाल रिट निवेदक भन्दा अघि नै इजलासमा !

    संसद विघटनविरुद्दको मुद्दा : महान्यायाधिवक्ता बडाल रिट निवेदक भन्दा अघि नै इजलासमा !

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।

    यसअघि सुनवाई लगातार दुई दिन स्थगित भएको थियो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।



    यसैबीच, आज इजलासमा मुद्दाको सुनुवाइका लागि महान्यायाधिवक्ता रमेश बडाल रिट निवेदक भन्दा अघि नै इजलासमा पुगेका छन्। उनीसँगै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे पनि इजलासमा उपस्थित भएका छन्।



    यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो । सरकारको सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेदेखि सुनुवाई सुरु भएपनि विवादका कारण हालसम्म पनि बहस मूल विषयमा प्रवेश गर्न सकेको छैन ।

    गत जेठ १४ गते प्रधानन्यायाधीस राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सहितको संवैधानिक इजलास गठन गरेका थिए । निवेदक पक्षले न्यायाधीस श्रेष्ठ र केसीमाथि प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।

    न्यायाधीस केसीसहितको इजलासले नेकपा खारेज गरि एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएका थिए भने श्रेष्ठले उक्त मुद्वामा पुनरावलोकन निस्सा दिन अस्वीकार गरेका थिए ।

    विवादपछि प्रधानन्यायाधीस राणाले वरिष्ठताका आधारमा दोस्रो इजलास गठन गरेपछि सरकार पक्षीय कानुन व्यवसायीले विवाद निकालेपछि सुनुवाई रोकिएको थियो । नयाँ इजलासमा वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने सरकार पक्षीय कानुन व्यवसायीको माग छ ।

    यसअघि शुरुमा रिट निवेदक पक्षका कानुन व्यावासायीहरुले इजलास गठनमा प्रश्न उठाएका थिए भने प्रधानन्यायाधीश राणाले आइतबार इजलास पुनर्गठन गर्दै वरिष्ठताको आधारमा गठन गरेपछि सरकार पक्षले त्यसको विरोध गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार