Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपालको राजतन्त्र रअले फ्याँकेको भारतीय गुप्तचरका पूर्वनिर्देशकको खुलासा, १९९० मै गुप्त अपरेशन

    नेपालको राजतन्त्र रअले फ्याँकेको भारतीय गुप्तचरका पूर्वनिर्देशकको खुलासा, १९९० मै गुप्त अपरेशन

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 4.9K
    SHARES

    काठमाडौँ। भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वनिर्देशक अमर भूषणलेले नेपालको राजतन्त्र रअले फ्याँकेको खुलासा गरेका छन्। रअले नेपालको राजतन्त्र फ्याँकेर संवैधानिक गणतन्त्रको स्थापना गराउनका लागि ३० वर्षअघि १९९० मै गुप्त अपरेशन सुरु गरेको भूषणले खुलासा गरेका हुन् ।

    निर्देशक भूषणले आफ्नो किताब ‘इनसाइड नेपाल’मा यस्ता कैयौं कुराहरुको वर्णन गरेका छन् जसले नेपाललाई असीमित बाह्य शक्तिहरुले आफूले चाहेको बाटोतर्फ डोर्याएको पुष्टि गरेका छन्।



    भूषणका अनुसार नेपालमा रअको जासुसी अपरेशन यहाँका फरक फरक विचारधारा भएका राजनैतिक दलहरुबीच एकता कायम गर्न मात्रै केन्द्रित थिएन उसले यहाँ आफ्नो अपरेशन संचालन गर्नको लागि स्रोत र साधनसमेत जुटाइरहेको थियो । भूषणले रअको पूर्वी ब्युरो प्रमुखका लागि जीवनाथन भन्ने छद्म नाम प्रयोग गरेका छन् जसले नेपालमा तत्कालीन राजा वीरेन्द्रको नेतृत्वमा रहेको राजतन्त्रलाई फ्याँक्ने अपरेशनको नेतृत्व गरेका थिए ।



    ३० वर्षअघि भारतले नेपालमाथि लगाएको नाकाबन्दी पनि रअको राजतन्त्र फ्याँक्ने मिसनकै एक हिस्सा भएको समेत भूषणले खुलासा गरेका छन् । तत्कालीन भारतको राजीव गान्धी रकारले नेपालमा जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गरेको थियो । त्यसपछि राजालाई दबाब दिनको लागि धेरै कूटनीतिक प्रयासहरु भएका थिए । तर, ती सबै प्रयास विफल भएपछि राजालाई प्रजातन्त्र पुनःस्थापनाका लदागि बाध्य पार्न नाकाबन्दी लगाइएको भूषणले उल्लेख गरेका छन् ।

    माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाएर अन्य राजनैतिक दलहरुसँग मिलाएर राजतन्त्रविरोधी आन्दोलनमा सबै दललाई एकसाथ ल्याउन रअले निकै लामो समय खर्च गरेको भूषणले खुलासा गरेका छन् । प्रचण्डलाई राजनीतिक दलसँग सहकार्यको लागि सहमत गराउन कैयौं महिनाको प्रयास र कैयौं राउण्ड छलफल गर्नुपरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार