Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्वास्थ्यमन्त्रीसँग आफ्नै श्रीमतीको गुनासो : तपाईहरु सक्नुहुन्न भने हामीलाई अनुमती दिनुहोस्

    स्वास्थ्यमन्त्रीसँग आफ्नै श्रीमतीको गुनासो : तपाईहरु सक्नुहुन्न भने हामीलाई अनुमती दिनुहोस्

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिन संघीय सरकारलाई आग्रह गरेकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिए तत्काल प्रक्रिया अघि बढाउने बताइन् ।

    कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले चाँडो खोप लगाउनुपर्ने बताउँदै उनले भनिन्–‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिनुपर्यो ।’



    प्रदेश १ का दुर्गम स्थानमा कोरोना संक्रमण फैलिंदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको भन्दै उनले खोप नहुँदा काम गर्न ढिलो भएको बताइन् ।



    उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने पनि उनले बताइन् ।

    भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो । स्वास्थ्यमन्त्री तामाङ र प्रदेश १ की सामाजिक विकास मन्त्री राई श्रीमान श्रीमती हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार