Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सर्वोच्चको आदेशले तिल्मिलाएका प्रधानमन्त्री ओली पुगे शीतल निवास

    सर्वोच्चको आदेशले तिल्मिलाएका प्रधानमन्त्री ओली पुगे शीतल निवास

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनबारे सरकारको नाममा काराण देखाउ आदेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि भन्दै शीतल पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिएका छन् ।

    राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट भनिएपनि एकातिर सर्वोच्चको कारण देखाउ आदेश र अर्कोतिर प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई फाइल बुझाउन सात दिनको म्याद दिएलगत्तै प्रधानमन्त्री शितलनिवास पुगेका हुन् ।



    सर्वोच्च अदालतको संवैधानिक इजलास आज प्रतिनिधि सभा विघटनसम्बन्धी फाइलहरू सात दिनभित्र बुझाउन विपक्षीहरूलाई आदेश दिएको हो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले सात दिनभित्र म्याद थाम्न नपाउने गरी २०७८ जेठ ७ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय, प्रधानमन्त्री प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फाइल ७ दिनभित्र झिकाउने आदेश गरेको हो।



    त्यसैगरी आजै सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो । बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार