Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाले ९२ देशलाई ५० करोड फाइजर खोप वितरण गर्ने

    अमेरिकाले ९२ देशलाई ५० करोड फाइजर खोप वितरण गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकाले विश्वका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड फाइजर खोप आफै किनेर वितरण गर्ने भएको छ ।

    राष्ट्रपति जो बाइडेनको प्रशासनले फाइजर खोप दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    यस वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । बाँकी सन् २०२२ मा वितरण गर्ने अमेरिकाको योजना छ । विश्वका कम आय भएका देशलाई खोप वितरण गरिने छ ।



    विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ । राष्ट्रपति बाइडेन सत्तामा आएपछिको आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बेलायत अवतरण भएपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी गराएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार