Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतले कैलाश मानसरोवर सडकमा विष्फोट गर्दा नेपालमा क्षति

    भारतले कैलाश मानसरोवर सडकमा विष्फोट गर्दा नेपालमा क्षति

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। छिमेकी देश भारतले भारतले कैलाश मानसरोवर सडकमा बिष्फोट गर्दा नेपालमा क्षति हुन पुगेको छ ।

    भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विष्फोटक पदार्थ विष्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोमा समेत क्षति पुगेर भत्किएको हो ।



    मङ्गलबार दिउँसो दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का स्थानीयवासी मुकेश बुढाथोकीका अनुसार कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा बिष्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको छ । उनका अनुसार प्रहरी चौकी दुम्लीङबाट करिब २०० मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो । स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्णरूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको बुढाथोकीले बताए ।



    पछिल्लो समय भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।

    दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतिरको सडकमा समेत क्षति पुगेको हो । ढुङ्गाहरु ठाउँठाउँमा नदीमा मिसिएर थुनिएका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुङ्गा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको छ । अहिले मात्र नभई विगतदेखि नै भारतले सडक निर्माणका क्रममा नेपालतिरको भूगोलमा क्षति पुर्याउने गरेको छ । भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ । यसबाट अधिकांश ढुङ्गाले नदी थुनिने र नेपालतिर क्षति पुर्याउने गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार भारतीयले सडक निर्माणका क्रममा ढुङ्गा आएर अवरुद्ध भएको १५० मिटर लामो छाङरु जोड्ने नेपालतिरको घोरेटो बाटो प्रहरी र स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार