Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तारको तयारी, गृहमन्त्रीमा खगराज अधिकारी

    प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तारको तयारी, गृहमन्त्रीमा खगराज अधिकारी

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन्।

    आफूसहित आठ वटा मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले आज अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।



    प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।



    स्रोतका अनुसार प्रधानमन्त्री ओलीनिकट मानिने खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारीसहित राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी रहेको छ ।

    उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार