Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकी दूतावासले भन्यो – निषेधाज्ञा खुल्ने वित्तिकै भिसा आवेदन सञ्चालन हुन्छ

    अमेरिकी दूतावासले भन्यो – निषेधाज्ञा खुल्ने वित्तिकै भिसा आवेदन सञ्चालन हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। नेपालस्थित अमेरिकी दूतावासले निषेधाज्ञा खुलेपछि भिसा आवेदन सेवा सञ्चालन गर्ने बताएको छ।

    दुतावासले सन् २०२१ को अमेरिकी सरकारको डीभी (डाइभर्सिटी भिसा) कार्यक्रममा समेटिएका नेपाली र उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका जान लागेका विद्यार्थीहरुले भिसा आवेदन सेवा सञ्चालनको लागि आग्रह गरेपछि यस्तो बताएको हो।



    आज अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची एलेनले भिसा आवेदनको लागि पर्न गएको समस्याको बारेमा राजदूतावास जानकार रहेको ‘तर महामारीका कारण नेपाल सरकारले निषेधाज्ञा गरेको कारण रोकिएको हो।



    यस्तो बेलामा हामीले राजदूतावास खोल्न मिल्दैन,’ उनले भनिन्,‘हामी निषेधाज्ञा खोल्ने बित्तिकै भिसा आवेदन सेवालाई सञ्चालन गर्नेछौं ।’

    अमेरिकाले हरेक वर्ष नेपालसहित विभिन्न मुलुकहरुबाट करिब ५५ हजार डाइभर्सिटी इमिग्रान्ट भिसा कार्यक्रममार्फत् लैजाने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार