Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • यस्तो छ ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन

    यस्तो छ ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी छन्।

    ओलीको २५ सदस्यीय मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्रमन्त्री रहेका छन् ।



    यसैगरी खगराज अधिकारी गृह मन्त्री बनेका छन् भने शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री कायम भएका छन् ।



    यस्तै राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् भने लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्रीमा कायम हुँदा पुर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् ।

    प्रधानमन्त्रीले ७ मन्त्री र राज्यमन्त्रीसहित आज ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज ४ बजे शीतलनिवासमा तय भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार