कीर्तिपुरबाट चितुवाको छालासहित २ जना पक्राउ

कीर्तिपुरबाट चितुवाको छालासहित २ जना पक्राउ

अनलाइन नेपाल
  • बिहिबार, जेष्ठ २७ २०७८

  • 1.1K
    SHARES

    कीर्तिपुरबाट चितुवाको छालासहित २ जना पक्राउ

    काठमाडौँ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले कीर्तिपुर नगरपालिका-३ ढल्पामाबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ पाँगा बसपार्क बस्ने दार्चुला जिल्ला मार्मा गाउँपालिका-१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्नासहित दुईजना रहेका छन् ।



    प्रहरीका अनुसार गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार