Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कोरोना भाइरस

    मृतकको संख्या घट्दै, थप ५९ जनाको मृत्यु

    मृतकको संख्या घट्दै, थप ५९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९०१ पीसीआर परीक्षण गर्दा २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५ हजार ३३७ जनाको एन्टिजेन  परीक्षण गर्दा ८ सय ७५ जनामा पोजेटिभ देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना निको भएर घर फर्केका छन्।



    यस्तै, पछिल्लो २४ घण्टामा ५९ जनाको कोरोनाका कारण ज्यान गएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या  ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।



    यसअघि हिजो ४,३४४ जना संक्रमण पुष्टि हुँदा ५,७६८ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार