Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नवनियुक्त ८ जना मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    नवनियुक्त ८ जना मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।



    नबनियुक्त मन्त्रीहरुमा मन्त्रीहरुमा नारदमुनी राना वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्रीनैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वन राज्यमन्त्री रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार