Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुख्यमन्त्री गुरुङको सरकार ढल्यो, विश्वासको मत पाउन असफल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेको छ।

आज प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार स्वत ढलेको हो। यसअघि सभामा  सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

आज प्रदेशसभामा मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा मत २७ र विपक्षमा ३० मत पर्यो । ६० जना सांसद मध्ये ५८ जनामात्र उपस्थित थिए। ती मध्ये १ जना भने तथस्ट रहे । बहुमतका लागि ३१ मत चाहिन्छ । जनमाेर्चाका कृण थापा तथस्ट रहे । गुरुङ सरकारकै युवा तथा खेलकुदमन्त्री दीपक मनाङे भने मतदान हुँदा प्रदेशसभामा अनुपस्थित रहे।

मुख्यमन्त्रीको प्रस्तावविरुद्ध काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले मतदान गरेका थिए। ६० सदस्यीय गण्डकीमा विपक्षी गठबन्धनको पनि स्पष्ट बहुमत छैन। तर, दीपक मनाङेले विपक्षीलाई साथ दिए विपक्षीको बहुमत पुग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077