Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • निषेधाज्ञा उल्लंघन गर्ने ३,६९५ वटा सवारी साधन प्रहरी कारवाहीमा

    निषेधाज्ञा उल्लंघन गर्ने ३,६९५ वटा सवारी साधन प्रहरी कारवाहीमा

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३ सय ६३ वटा गाडी र २ हजार ३ सय ३२ वटा मोटरसाइकल रहेका छन् ।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ । साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय १ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ७ सय ३५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।



    प्रहरीका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ४७ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६७ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ६ सय ६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।



    साथै देशभर सञ्चालित ७५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय ९३ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार