Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सरकारको नौटंकी : जनताको आँखामा छारो हाल्न राजधानीमै हुँदै नभएको खोप अभियान

    सरकारको नौटंकी : जनताको आँखामा छारो हाल्न राजधानीमै हुँदै नभएको खोप अभियान

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदा तीन महिनाभित्र सबै नागरिकलाई खोप दिलाउने वाचा गरे । तर, उनको त्यो प्रतिज्ञा सरकारले साकार पार्न सकेन । त्यसपछि पनि पटक–पटक आफ्नो सत्ता जोगाउन साम, दाम दण्डभेद प्रयोग गरिरहेका ओलीले जनतालाई आफूतिर आकर्षित गर्न देश ऋणमा डुविरहेका बेला सरकारी कर्मचारीको तलब बढाउनेदेखि पत्रकारहरुलाई समेत निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने र बृद्ध भत्ता बढाउने जस्ता कार्यक्रम बजेटमा समेटे । सरकारी कर्मचारीको तलब र बृद्धभत्ता बढेपनि पत्रकारहरुलाई यस अघि दिइएको ५० प्रतिशत छुट अभियान नै असफल सावित भइसकेको छ ।

    त्यसपछि फेरि पनि प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीमाफत चुनावको मिति समेत तोकिसकेका छन् । चुनावको मिति तोकिसकेपछि फेरि ओलीले चुनाव अगाडि सबै नागरिकलाई खोप दिलाउने प्रतिवद्धता दोहा्र्याए । तर, यो पटक पनि उनको प्रतिवद्धता फेल हुने संकेत देखिएको छ ।



    आज काठमाडौं महानगरपालिकाले दुई दिन अघि नै कोभिड–१९ विरुद्धको खोप अभियान रोकेपछि सबै नेपाली नागरिकले खोप पाउने संभावना न्युन बन्दै गएको हो । राजधानीका बृद्ध बृद्धाले त खोप पाउन सकेका छैनन् भने अन्य नागरिकले कसरी पाउलान ?



    महानगरपालिकाले सरकारले खोप उपलब्ध गराउन नसकिने जानकारी गराएका कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ । महानगरपालिकाका अनुसार स्वास्थ्य सेवा विभागको खोप महाशाखाले भोलिबाट खोप उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि शुक्रबार र शनिबार सञ्चालन हुने खोप अभियान रोकिएको हो ।

    काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो । तर, पर्याप्त खोप उपलब्ध हुन नसकेपछि महानगरले अर्को सूचना जारी नभएसम्मका लागि अभियान स्थगन गर्नुपरेको बताएको छ । तीन दिनमा महानगरपालिकाले ६०–६४ वर्ष उमेर समूहका करिब २८ हजार जेष्ठ नागरिकलाई पहिलो डोज खोप दिइसकेको जनाएको छ ।

    यद्यपी जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौं महानगरलाई ३२ हजार खोप उपलब्ध गराएकोमा तीन दिनको अवधिमा २८ हजार प्रयोग भएको छ भने चार हजार खोप बाँकी नै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार