Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चितवनमा महानगरका कर्मचारीसँग मिलेर प्रहरीले गर्‍यो पत्रकारमाथि लछारपछार

    चितवनमा महानगरका कर्मचारीसँग मिलेर प्रहरीले गर्‍यो पत्रकारमाथि लछारपछार

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    चितवन।  चितवन प्रहरी र भरतपुर महानगरका प्रवक्ता एवम् भरतपुर–१० का वडाध्यक्ष अरुण भण्डारीबाट पत्रकारमाथि भएको दुव्र्यहारप्रति प्रेस चौतारी चितवन शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    शाखाका अध्यक्ष सुवास पण्डितले बिहीबार एक विज्ञप्ति जारी गर्दै चौतारीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।



    विज्ञप्तिमा भनिएको छ ‘सेवा लिन आएका सेवाग्राहीमाथि भरतपुर महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले अभद्र व्यवहार गरेको सम्बन्धमा रिर्पोटिङ्ग गर्न पुगेका पत्रकारहरुलाई कार्यालयभित्र प्रवेश गर्न नदिने, भित्र पसेका पत्रकारहरुलाई बाहिर निकाल्ने, घचेट्ने, क्यामेरा बन्द गर्न दवाव दिने जस्ता काम स्वंय वडाध्यक्ष र प्रहरीबाट भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।



    बुधवार दिउँसो भएको घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको दुव्र्यवहारको प्रेस चौतारी नेपाल चितवन शाखा घोर निन्दा र भत्र्सना गर्दछ ।’

    जिल्ला प्रहरी कार्यालयको गेटै अगाडि रहेको एक सार्वजनिक सेवा प्रदायक कार्यालयमा पत्रकारहरुलाई समाचार संकलन गर्न नदिई अवरोध खडा गर्ने काम प्रेस स्वतन्त्रता विरोधी, सूचना लुकाउने कुत्सित मनाशयबाट ग्रसित भएको चौतारीले ठहर गरेको छ । यस्तो घटनाको संरक्षण उल्टै प्रहरीबाट हुनु झनै दुःखको कुरा भएको अध्यक्ष पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    महानगरपालिकाका प्रवक्ता भण्डारीले यसअघि पनि भरतपुर महानगरपालिका कार्यालयमा प्रमुख रेनु दाहालकै अगाडि पत्रकारहरुमाथि दुव्यवहार गरेर पछि माफी मागेको घटना स्मरण गराउन गराउँदै प्रेस चौतारीले आउँदा दिनमा संविधान पदत्त प्रेस स्वतन्त्रताको हकबाट बञ्चित नगर्नरनगराउन सम्वन्धित पक्षको ध्यानार्कषण गराएको छ ।

    बुधबार भरतपुर महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा अध्यक्ष भण्डारी र सेवाग्राही एक युवतीबीच जुहारी चलेको थियो । एकले अर्कालाई धकेलाधकेल तथा हात हालाहालको अवस्था पनि सृजना भएको थियो । त्यस घटनाको रिर्पोटिङका लागि पुगेका पत्रकारहरुलाई प्रहरीहरुले रोक लगाउँदै जवरजस्ती बाहिर निकालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार