Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • खोप लगाउन छुटेकालाई अर्को चरणमा समेट्ने तयारी

    खोप लगाउन छुटेकालाई अर्को चरणमा समेट्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले भेरोसेल खोप लगाउन छुटेका ६० देखि ६४ वर्षका नागरिकलाई अर्को चरणमा समेट्ने जनाएको छ ।

    चीनबाट अनुदानमा आएको १० लाख डोज भेरोसेल खोप ६० देखि ६४ वर्षका उमेर समूहका सबैलाई दिने भनिए पनि खोपको अभाव भएपछि त्यो सम्भव नहुने भएको छ ।



    खोप केन्द्रमा लक्षित समूहबाहेकका व्यक्तिहरू पनि खोप लगाउन लाइनमा बसेपछि उनीहरूलाई पनि खोप दिन बाध्य भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । यसले गर्दा धेरै ठाउँमा लक्षित समूह खोप लगाउनबाट छुटेका छन् ।



    यस्तै कतिपय ठाउँमा भने लक्षित समूहलाई पुग्ने गरी खोप पठाउन नसक्दा पनि तोकिएको उमेर समूहका नागरिक खोप लगाउनबाट छुटेका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट आएको १० लाख डोज खोप ६० देखि ६४ वर्षका सबै नागरिकलाई नपुग्ने भएपछि अन्तिम समयमा उमेर समूह परिवर्तन गरेको थियो । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरका लागि ६२ देखि ६४ वर्ष उमेर समूह तोकेको थियो ।

    तर अभाव भएसँगै लक्षित यो समूहका केही नागरिकले अहिले खोप नपाउने निश्चित भएको छ । स्वास्थ्य मन्त्रालयले दोस्रो मात्रा दिन पुग्ने गरी खोपको सुनिश्चितता गरेर मात्रै पहिलो मात्रा देशका ७७ वटै जिल्लामा पठाएको थियो । यसले गर्दा पहिलो मात्राका लागि माग आए पनि खोप पठाउन सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

    अहिले पहिलो मात्रा लगाएकाहरूले २८ दिनपछि दोस्रो मात्रा पाउने छन् । अहिले छुटेका लक्षित समूहका नागरिकलाई खोप आएपछि समेटिने छन् । अहिले खोप लगाउन छुटेकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई पछि समेटिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार