Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सभामुखले आह्वान गरेको शीर्ष नेताहरूको बैठकमा ओली नजाने

    सभामुखले आह्वान गरेको शीर्ष नेताहरूको बैठकमा ओली नजाने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन्।

    आज सभामुख सापकोटाले दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक आह्वान गरेका हुन्।



    सभामुखको सचिवालयका अनुसार बैठकमा राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ।



    बैठकमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ। तर, सभामुखले बोलाएको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने नहुने निश्चित छैन।

    यसअघि सभामुख सापकोटाले कानुनविदसँग परामर्श गरेका थिए। कानुनविदसँगको परामर्शका क्रममा सापकोटाले संसद विघटनविरुद्ध असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिएका थिए। तर त्यो असाधारण कदम के हो उनले खुलाएका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार