Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना खोप उपलब्ध गराउने

    बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना खोप उपलब्ध गराउने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । बेलायतले १० करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् । उनले यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने बताए । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने छ ।



    यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।



    आजदेखि सुरु हुने जी सेभेनको बैठकमा अन्य सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोनाविरुद्धको सामूहिक लडाइँमा खोप उपलब्ध गराउने घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।

    आर्थिक संगठन जी सेभनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार