Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लकडाउन एक साता थप्ने तयारी

    लकडाउन एक साता थप्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । सरकारले गत वैशाख १६ गतेदेखि जारी रहेको लकडाउन फेरि एक साता थप्ने तयारी गरेको छ ।

    काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै लकडाउन थप गर्न लागिएको हो ।



    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भइरहेको छ ।



    अब हुने निषेधाज्ञा केही खुकुलो हुने बताइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिदैछ ।

    अबको तीन दिनपछि यसअगाडी जारी गरेको निषेधाज्ञाको अवधि समाप्त हुदैछ । लकडाउनबारे छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएकाले निषेधाज्ञा थप्ने स्थानीय प्रशासनको योजना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार