Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • टोकियो ओलम्पिकमा १ लाख ६० हजार जनालाई नि: शुल्क कण्डम बाँडिदै, प्रयोग गर्न भने नपाइने

    टोकियो ओलम्पिकमा १ लाख ६० हजार जनालाई नि: शुल्क कण्डम बाँडिदै, प्रयोग गर्न भने नपाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 3K
    SHARES

    685027539

    एजेन्सी। जब तपाईं संसारका हजारौं सबैभन्दा आकर्षक र शारीरिक रूपमा फिट मानिसहरू लिनुहुन्छ र तिनीहरूलाई दुई हप्ताको लागि नजिकको क्वार्टरमा राख्नुहुन्छ भने के हुन्छ ?

    यसै प्रश्नलाई लिएर टोकियो ओलम्पिक आयोजकहरूले खेलको क्रममा ओलम्पिक गाउँमा १६,००,००० भन्दा बढी नि: शुल्क कन्डम उपलब्ध गराउने घोषणा गरेको छ । यदि तपाई क्यालकुलेट गरिरहनु भएको छ भने, त्यस्तै ११,००० खेलाडीले भाग लिन सक्ने प्रत्येकको लागि १४ कन्डम उपलब्ध रहने छन् ।



    कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओलम्पिक गाउँमा रहँदा निःशुल्क कण्डम बाँडिनेछ । तर, त्यो कण्डम पाउने खेलाडीहरुलाई भने समस्या छ।



    इनसाइडरको रिपोर्टअनुसार खेलाडीहरुले ती कण्डम प्रयोग गर्न भने पाउने छैनन् । आयोजक समितिले खेलाडीहरुलाई यी कण्डम प्रयोगमा रोक लगाएको छ । प्रतियोगितामा भाग लिने क्रममा खेल गाउँमा रहँदासम्म खेलाडीहरुले ती कण्डम प्रयोग गर्न पाउने छैनन् । आयोजक समितिले घोषणा गरेको छ कि खेलाडीहरुले यी कण्डमहरु सम्झनास्वरुप घर लैजान सक्नेछन् ।

    ओलम्पिक आयोजक कमिटीका अनुसार खेलाडीहरुले आफ्नो घरेलु जमिनमा पुगेपछि मात्रै ती कण्डम प्रयोग गर्न पाउनेछन् । अर्थात जापानकै खेलाडीबाहेक अन्य देशका खेलाडीले यी कण्डम जापानभित्र पनि प्रयोग गर्न पाउने छैनन् । जापानी खेलाडीहरुले भने ओलम्पिक गाउँमा रहँदा प्रयोग गर्न पाउने छैनन् । घर गएपछि भने प्रयोग गर्न पाउनेछन् ।

    साथमा कण्डम भएपछि खेलाडीहरु एक अर्काको सम्पर्कमा आउन सक्ने भएकोले यस्तो प्रतिबन्ध लगाइएको आयोजक समितिले जनाएको छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यौनरोग र एचआइभीको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले १९८८ देखि ओलम्पिक खेलमा सहभागी खेलाडीलाई कण्डम बाँड्ने परम्परा सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार