Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गण्डकी प्रदेश

    राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

    राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    कास्की । गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन् । आज उनको पार्टी राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही गरेपछि उनी फेरि पदमुक्त भएका हुन् ।

    बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो ।



    यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर, थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै सर्वोच्च अदालत गएका थिए  ।



    सर्वोच्चले एउटा काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिर्वतन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिनसक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार