Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • यस्तो छ बाग्मतीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

    यस्तो छ बाग्मतीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

    ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    हेटौँडा। बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

    आज दिउँसो प्रदेश सभामा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।



    प्रदेश सरकारले कोभिड–१९ रोकथाम नियन्त्रणलाई प्राथमिकता दिँदै शिक्षा स्वास्थ्य र कृषिका लागि अधिकांश पुरानै योजनालाई निरन्तरता दिएको छ।



    ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’, ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’लगायत दर्जनभन्दा बढी नारालाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

    यस्तै, प्रदेश सरकारले आगामी आवमा ‘समाजवादउन्मुख विशेष कार्यक्रम’, ‘मेरो गाउँः उद्यमसहित जिउँने ठाउँ’लगायत नयाँ योजनालाई प्राथमिकताका साथ अघि बढाइने गरी नीति तथा कार्यक्रममा समेटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार