Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकीमा कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दै

कास्की । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ ।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित बहुमत सांसद बहुमतको दाबीसहित केही बेरमा प्रदेश प्रमुखको कार्यालय जाने स्राेतले जानकारी दिएकाे छ ।

स्राेतका अनुसार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गर्न लागिएको हो ।

आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् । उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

विपक्षी गठबन्धनले काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद  दीपक मनाङे गरी कुल ३१ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077