Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मनाङेसहित ३१ जना सांसदलाई लिएर मुख्यमन्त्रीको दावी गर्दै प्रदेश प्रमुख समक्ष पुगे कृष्णचन्द्र

कास्की। गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको दाबी गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् ।

आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेता नेपाली बहुमत सांसद सहित पुगेका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् ।

नेपालीलाई कांग्रेस, नेकपा माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077