Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • युरोकप : इटालीद्वारा टर्की पराजित

    युरोकप : इटालीद्वारा टर्की पराजित

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 4.1K
    SHARES

    एजेन्सी । युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले टर्कीलाई पराजित गरेको छ ।

    समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० गोलले पराजित गरेको हो । टर्कीले एउटा आत्मघाती गोल गरेको थियो ।



    पहिलो हाफमा गोलरहित बराबरी पछि ५३ औँ मिनेटमा टर्कीका मेरिह देमिरालले आत्मघाती गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा चिरो इमोबिले तथा ७९ औँ मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गरी इटालीलाई जित दिलाए ।



    इटाली सन् २०१८ को सेप्टेम्बर यता लगातार २८ खेलमा अपराजित रहेको छ । पहिलो हाफमा दबाब बनाए पनि गोल गर्न नसकेको इटालीले दोस्रो हाफमा गोल गरेको हो ।

    बुधबार टर्कीले वेल्स तथा इटालीले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार