Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अधिकांश ठाउँमा आज पानी पर्ने

    अधिकांश ठाउँमा आज पानी पर्ने

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    काठमाडौँ । मनसुन भित्रिएसँगै देशका अधिकांश ठाउँमा आज पानी पर्ने छ ।

    गत वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन देशभर फैलिने क्रम जारी छ ।



    यस वर्षको मनसुनमा पूर्वमा प्रदेश एक र दुईको तराई क्षेत्रबाहेक धेरैजसो ठाउँमा मौसम प्रतिकूल रहने अनुमान छ । अहिले पूर्वका केही ठाउँमा पानी परिरहेको छ । आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बद्ली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बद्लीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।



    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    पूर्वी र मध्य क्षेत्रमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार