Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

    कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा १४ औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाइएको छ ।



    कोरोना महामारीकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा सभापति देउवाले पदाधिकारीको सल्लाह लिनेछन् । कांग्रेसको महाधिवेशन गत वर्ष नै गर्नुपर्ने थियो । कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको छ । सो समय भदौमा समाप्त हुँदैछ ।



    वरिष्ठ नेता रामचन्द्र पौडेलगायत नेताहरुले देउवाले नियतवश समयमै महाधिवेशन गर्न नचाहेको भन्दै आलोचना गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार