Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • फ्रेन्च ओपन : जोकोविच फाइनलमा

    फ्रेन्च ओपन : जोकोविच फाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविचले फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा राफायल नाडाललाई पराजित गरेका छन् ।

    शुक्रबार राति भएको खेलमा शीर्ष बरियताका सर्बियन खेलाडी तेस्रो बरियताका स्पेनिस नाडाललाई ३–६, ६–३, ७–६,७–४० र ६–२ को सेटमा पराजित गरेका हुन् । नाडाल पछिल्लो चारवर्षदेखि फ्रेन्च ओपनको विजेता रहँदै आएका थिए ।



    नाडालको फ्रेन्च ओपनको १४ औँ उपाधि जित्ने कीर्तिमान असफल भएको छ । नाडालले अहिलेसम्म फ्रेन्च ओपनमा खेलेका १०८ मध्ये तीन खेलमा मात्रै हार बेहोरेका छन् ।



    जोकोविचले उपाधिका लागि स्टेफानोस सिट्सिपाससँग आइतबार प्रतिस्पर्धा गर्ने छन् । ग्रीक खेलाडी छैटौँ बरियताका जर्मन खेलाडी एलेक्सान्डर स्वेरेभलार्य पराजित गरेर पहिलोपटक ग्राण्डसलामको फाइनलमा पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार