Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा उत्पादित कोरोना खोप अमेरिकामा अस्वीकृत

    भारतमा उत्पादित कोरोना खोप अमेरिकामा अस्वीकृत

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। अमेरिकाले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोभेक्सिनलाई प्रयोगको अनुमति नदिने निर्णय गरेको छ।

    बिबिसीका अनुसार अमेरिकाको औषधी नियामक एजेन्सी युएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोवैक्सीनलाई प्रयोग अनुमति नदिने निर्णय गरेको हो ।



    जुन निर्णयले भारतलाई ठुलो धक्का लागेको छ। अमेरिकामा रहेको भारतीय कम्पनीको सहायक कम्पनी अक्युजनले जुन १० तारिकमा भारत बायोटेकले उत्पादन गरेको खोप कोवैक्सीनलाई प्रयोग अनुमति माग्दै निवेदन हालेको थियो।



    भारतको नीति आयोगका स्वास्थ्य सदस्य डा. वीके पलले  अमेरिकामा आपतकालीन प्रयोगका लागि भारतीय कोरोना खोपले अनुमति नपाए पनि सो निर्णयलाई सम्मान गर्नुपर्ने वताए।

    युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति नदिएको निर्णयको बारेमा डा. पालले भने, ‘वैज्ञानिक रूपरेखा उस्तै हो तर यसका सूक्ष्म भिन्नताहरू बारेका प्रसङ्गमा धेरै कुरा आश्रित छन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार