Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गलवान भीडन्तका चिनियाँ सेनाका कमाण्डरले भने – एक इन्च क्षेत्र गुमाउनु भन्दा आफ्नो जीवन बलिदान गर्न चाहन्छौ

    गलवान भीडन्तका चिनियाँ सेनाका कमाण्डरले भने – एक इन्च क्षेत्र गुमाउनु भन्दा आफ्नो जीवन बलिदान गर्न चाहन्छौ

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 5.3K
    SHARES

    एजेन्सी। भारत-चीन सिमाना गलवान उपत्यकामा भएको हिंसात्मक भिडन्तपछि दुई सैनिकबीच ताना-तानी जारी रहेको छ।

    झगडाको पहिलो वार्षिकोत्सव नजिक आएपछि विज्ञहरूले  चीनले फेरि क्षेत्रीय अखण्डतालाई सुरक्षित राख्न दृढ संकल्प देखाएको उल्लेख गरेका छन्।



    जून १५ , २०२० मा गलवान उपत्यकाको सिमानामा वीरतापूर्वक लडिरहेको बेला टाउकोमा गम्भीर चोट लागेका पीपुल्स लिबरेशन आर्मी (पीएलए) झिनजियांग सैन्य कमाण्डका रेजिमेन्टल कमाण्डर क्यूई फाबाओले  हालसालैको उच्चस्तरीय सेनाको बैठकमा भने,  हामी बरु एक इन्च क्षेत्र गुमाउनु भन्दा आफ्नो जीवन बलिदान गर्न चाहन्छौं,’।



    ग्लोबल टाइम्सका अनुसार गलवान भ्याली नायक उच्च स्तरीय सैन्य  बैठकमा  शुक्रबार उनले उक्त कुरा बोलेका हुन।

    बिहीबार चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) को सैन्य च्यानलको भिडियो क्लिपका अनुसार क्यूई पार्टीको प्रतीक सहितको सैन्य पोशाकमा रहेको केन्द्रीय सैन्य आयोगको राजनीतिक कार्य विभागले आयोजना गरेको बैठकमा क्यू फाबाओले  भाग लिए। उनको टाउकोमा  स्पष्ट दाग देख्न सकिन्छ।

    चार अन्य मोर्चाका सिपाहीहरूसँग क्यूईले चार जना शहीदहरूको कथा शेयर गरे,जसले गलवान  संघर्षमा आफ्नो जीवन बलिदान दिएका थिए ।

    ‘यदि सेनालाई एक धारिलो तरवारसँग तुलना गरियो भने  सैनिकहरूको साहस र ईमान्दारिता तरवारको ब्लेड हो। हामी बलिदानदेखि डराउँदैनौं, र हामी यो विश्वासमा अडिग छौं कि हामीले आफ्नो जीवन गुमाउनु भन्दा पनि बलिदान दिनेछौं। हाम्रो क्षेत्रको एक इन्च,गुमाउन दिंदैनौ , क्यूईले आफ्नो भाषणमा भने ।

    सिंघुवा विश्वविद्यालयको राष्ट्रिय रणनीति संस्थानका अनुसन्धान विभागका निर्देशक कियान फेङले क्यूईको भाषणले चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सुरक्षित राख्नको लागि लगातार र दृढ व्यवहार देखाएको वताए।

    चीनले क्षेत्रीय अखण्डताका सवालमा कुनै पनि किसिमको छुट दिनेछ भन्ने भ्रम भारतलाई हुनु हुँदैन, कियानले भने, ‘ भारतसँग शान्ति स्थापना गर्न चीनले फेरि एक अर्कालाई सम्मान गर्नुपर्दछ ।

    फेब्रुअरीमा, केन्द्रीय सैन्य आयोगले गल्वान उपत्यकामा विदेशी सेनाको उत्तेजनालाई बहादुरीसाथ लड्नमा चिनियाँ सेनाले खेलेको भूमिकाका लागि प्रशंसा व्यक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार