Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सांग्रिलाको डिवेञ्चरको बिक्री असार ६ गतेबाट ब्याज ९ प्रतिशत

    सांग्रिलाको डिवेञ्चरको बिक्री असार ६ गतेबाट ब्याज ९ प्रतिशत

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकल आगामी असार ६ गतेदेखि को १० वर्षे अवधिको ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७’ को निष्काशन गर्न लागेको हो । असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।

    वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई १००० रुपैयाँको दरमा किन्न पाइनेछ । कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई(युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिनेछ ।



    सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार