Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चार ठाउँको जिएसए नियुक्तिमा एजेण्ट छिराएर करोडौं रकम कुम्ल्याउने दाउमा डिमप्रकाश

    चार ठाउँको जिएसए नियुक्तिमा एजेण्ट छिराएर करोडौं रकम कुम्ल्याउने दाउमा डिमप्रकाश

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । कर्मचारीहरुबाटै उपलब्धिमूलक एउटै कार्य गर्न नसकेको र भैरहेको संरचना समेत भंग गराएर निगम ध्वस्त पार्न उद्यत देखिएको भनेर आरोप खेप्दै आएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले फेरि पनि करोडौं कुम्ल्याउने दाउमा लागेको समाचार बाहिरिएको छ ।

    महाप्रबन्धक पौडेल अहिले चार ठाऊँको जिएसए नियुक्तिमा आफ्नो एजेण्ट छिराएर करोडौं रकम कुम्ल्याउने दाउमा लागेको निगमकै कर्मचारीहरुले आरोप लगाएका हुन् । पौडेलले बिभागिय मन्त्रीलाई समेत पत्तो नदिइ भारत, साउदी अरब, दुबई र ग्वान्जावोको जिएसए नियुक्त गर्न चलखेल गरिरहेका हुन् ।



    भारत र दुबईमा अहिले भईरहेको जिएसए बर्ड ट्राभल्स र आजमान नेशनल ट्राभल एजेन्सी (एन्टा) सँग सेटिङ मिलाउनकै लागि पौडेलले बाणिज्य बिभागको निर्देशकमा अर्थ मन्त्रालयका निर्देशक जनकराज कालाखेतिलाई सरुवा गराउन सफल भएका छन् भने अर्थको कामु निर्देशकमा अनिशा खड्कालाई नियुक्त गरगरिएको छ ।



    ठूलो आर्थिक चलखेलपछि भारतका लागि तोकिएको जिएसएबाट बर्ड ट्राभललाई हटाएर एण्टालाई दिन कालाखेती र पौडेल सकारात्मक देखिएको समेत निगम स्रोतको दावी छ ।

    दुई महिनादेखि ग्राउण्डेड भएको निगमको वाइडबडिलई कसरी उडाउन सकिन्छ ? भन्नेतर्फ भन्दा पनि प्रमुख पौडेलको जहाज बनाउँदा कसरि कमिशन आउँछ र जिएसएमा आफ्नो एजेण्ट छिराएर ठूलै रकम हात पार्न सकिएला भन्नेतर्फमात्र ध्यान देखिएको सञ्चालक समितिका सदस्यहरुको आरोप छ ।

    त्यसो त पौडेलकै कारण शुक्रबार नै शुशिल घिमिरेले नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षबाट आकस्मिक रुपमा राजीनामा दिइसकेका छन् । पौडेल कोरोना महामारीकैबीच आज साँझ अमेरिका जाँदैछन् । अमेरिका भ्रमणको विषयलाई लिएर घिमिरे र पौडेलबीच विवाद भएको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार