Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ३३८४ जना संक्रमित थपिदा ६२९५ जना कोरोना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

    ३३८४ जना संक्रमित थपिदा ६२९५ जना कोरोना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ । उनीहरुमध्ये ६५ हजार ९५३ जना होम आइसोलेसनमा, ५ हजार ३४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्ससैगरी १ हजार २०६ जनाको आईसीयू र ३७३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार