Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिपक मनाङेसहित हरिशरण आचार्य र मधु अधिकारी मन्त्री बन्ने पक्का

पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन महत्वपूर्ण भूमिका खेलेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि मन्त्री पद पक्का भएको छ । उनले गृह मन्त्रालयमा दावी गरेपनि त्यो भने नपाउने भएका छन् ।

त्यसैगरी पोखरेलले माओवादी केन्द्रको तर्फबाट मधु अधिकारी गुरुङ र जनता समाजवादी पार्टी (जसपा) बाट संसदीय दलका नेता हरिशरण आचार्यलाई मन्त्री बनाउने भएका हुन् ।

मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले उनलाई सुरुमै मन्त्री बनाउन लागिएको बताइएको छ । उनलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना छ । १६ जेठमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए ।

माओवादी केन्द्रले लमजुङबाट निर्वाचित मधु अधिकारीलाई मन्त्री बनाउने भएको हो । सहिद पत्नी समेत रहेकी उनले सभामुखमा पनि दाबी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077