Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  •  भाइको हत्या आरोपमा दाई र भतिज पक्राउ

     भाइको हत्या आरोपमा दाई र भतिज पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    फाइल तस्विर

    रामनारायण यादव/ जनकपुरधाम । घरमा पुजिने कुलदेउताको विषयमा विवाद हुदाँ भाइको हत्या आरोपमा दाइसहित दुईजना पक्राउ परेका छन् । आज (शनिबार) बिहान दुबैजनालाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्वर ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साह र उनका छोरा मुकेश साह रहेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।



    स्थानीयका अनुसार घरको कुलदेउताको विषयमा विवाद हुँदा दाई रामचन्द्रसहित उनका परिवारले ४५ वर्षीय भाइ लक्ष्मणको कुटेर हत्या गरेका हुन् ।



    जेठ २६ गते घरको कुलदेउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर भाई लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । मृत्यु पश्चात् घटनामा संलग्नहरु फरार भएका थिए ।

    प्रहरीले खोजविनको क्रममा आज बाबु र छोरालाई पक्राउ गरिएको अन्य फरारको खोजिकार्य जारी रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार