Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्रसहित चार मन्त्रीले लिए सपथ

पोखरा  । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ लिएका छन्। ।

शनिबार राति प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका संसदीय दलका नेता पोखरेलसँगै अन्य ४ जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । चारैजना मन्त्री विना विभागीय हुन् ।

काँग्रेसबाट कुमार खड्का,नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले बिना बिभागीय मन्त्रीका रुपमा सपथ गराएकी हुन ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार दिउँसो पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन ।

पोखरेल काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन। मुख्यमन्त्री पोखरेलले  असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077