Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • मनसुन देशभर फैलिँदै, यस वर्ष अत्यधिक वर्षा हुने

    मनसुन देशभर फैलिँदै, यस वर्ष अत्यधिक वर्षा हुने

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मनसुन देशभर फैलिएको छ । देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको योस वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविले बताएका छन् ।



    देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसमविदले बताएका छन् ।



    शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

    यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

    यस वर्ष मनसुनजन्य विपद (बाढी–पहिरोसहित) बाट १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    गएको वर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो । तर यो वर्ष औसत भन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ ।
    गत वर्ष मनसुनजन्य विपदबाट करिब ४०० जनाको मृत्यु भएको थियो । एक हजार एक सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार