Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो छ आज जेठ ३० गते आइतबारको राशिफल

    यस्तो छ आज जेठ ३० गते आइतबारको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.8K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ । छोटो र लाभदायक यात्रा तय गर्न सकिनेछ । आर्थिक पक्ष राम्रै भएपनि खानपानमा ध्यान दिनुहोला ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज बोलीले अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दूरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । मनपरेका परिकार खान पाइएला । शेयर बजारबाट सफलता हात पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला र मानसिक चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ, तर आर्थिक पक्ष भने राम्रै रहला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ति कमजोर रहनाले समस्या आउन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक माया र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागिता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार