Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एरिक्सन जिउँदै छन् : डेनमार्क फुटबल संघ

    एरिक्सन जिउँदै छन् : डेनमार्क फुटबल संघ

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । डेनमार्कको राष्ट्रिय फुटबल संघले मैदानमा आफै लडेका क्रिस्टियन एरिक्सन जिवितै रहेको जनाएको छ। डेनिस फुटबल संघका अनुसार एरिक्सन होस् मै छन् । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।

    युरोकप फुटबल अन्तर्गत शनिबार राति फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल संघले जनाएको छ ।



    एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो । उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो ।



    युरोकपअन्तर्गत फिनल्याण्डसँगको पहिलो हाफ चलिरहेका बेला एरिक्सन आफैँ लडेका थिए । क्रिस्टियानो रोनाल्डोसहित विश्वभरका खेलाडी तथा खेलप्रेमीले एरिक्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    एरिक्सन लडेपछि खेल केही समयका लागि रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा फिनल्याण्ड विजयी भयो । फिनल्याण्डले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार