Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • फ्रेन्च ओपन टेनिस : क्रेचिकोभालाई उपाधि

    फ्रेन्च ओपन टेनिस : क्रेचिकोभालाई उपाधि

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधि चेक गणतन्त्रकी बार्बरा क्रेचिकोभाले जितेकी छिन् ।

    फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनल खेलमा रुसकी अनास्तासिया पाभ्लुचेन्कोभालाई २–१ को सेटमा हराउँदै क्रेचिकोभाले उपाधि जितकी हुन् ।



    बिना वरियताकी क्रेचिकोभाले अनास्तासिया विरुद्धको खेल ६–१, २–६ र ६–४ को सेटमा जितिन् । क्रेचिकोभाको यो उपाधि ग्रान्ड स्लाम सिंगल्समा पहिलो उपाधि हो ।



    यसअघि उनले फ्रेन्च ओपनकै डबल्सतर्फ भने उपाधि जितेकी थिइन् । सिंगल्सतर्फ खेल्न थालेको पाँचौ प्रतियोगितामै क्रेचिकोभा उपाधि जित्न सफल भएकी हुन् ।

    फ्रेन्च ओपनको पुरुषतर्फको उपाधिका लागि आज राति सर्वियन खलाडी नोभाक जोकोभिचले ग्रिसका स्टिफानोस सित्सीपासको सामना गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार