Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू

    देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ र ललितपुरबाहेक देशभर लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक वर्ष २०७२ र ७३ मा कैलालीबाट सुरु भएको थियो ।

    स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउने लक्ष्यसहित सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । हरेक वडामा रहेका दर्ता सहयोगीमार्फत यो कार्यक्रममा सहभागी हुन सकिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।



    बीमा गर्न चाहने परिवारले आफ्नो घरमूली तथा अरु सदस्यको नागरिकता वा नेपाल सरकारबाट जारी परिचयपत्र अनिवार्य देखाएर परिवारका सबै सदस्यको स्वास्थ्य बीमा गर्न सकिने बोर्डले जनाएको छ ।



    बीमा गर्न पाँच जनासम्मको परिवारलाई वर्षको ३ हजार ५ सय रुपैयाँ लाग्छ भने ५ जनाभन्दा धेरै सदस्य रहेको परिवारलाई वर्षको ७ हजार रुपैयाँ लाग्छ । बीमा गरेको परिवारले ५ जना सदस्य छ भने वर्षमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार पाउँछन् ।

    ५ जनाभन्दा धेरै सदस्य छन् भने थप सदस्यलाई २० हजारबाट सुरु भएर २ लाख रुपैयाँसम्म उपचार सुविधा पाइन्छ । यस्तै जेष्ठ नागरिकले १ लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सेवा पाउनेछन् ।

    स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य नवीकरण गर्नुपर्छ । बीमा गरेका व्यक्तिले वहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र अरु कक्षाबाट बीमा बोर्डले तोकेका उपचार सेवाहरु पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार