Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • लुकाकुको गोल एरिक्सनप्रति समर्पित

    लुकाकुको गोल एरिक्सनप्रति समर्पित

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । युरोकप फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ ।

    समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० गोलले पराजित गरेको हो । बेल्जियमका लागि रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक गोल गरे । लुकाकुले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । उनले सो गोल आफ्ना साथी डेनमार्कका क्रिष्टियन एरिक्सनप्रति समर्पित गरे ।



    लुकाकु र एरिक्सनले इन्टर मिलानमा एकसाथ खेल्ने गरेका छन् । एरिक्सनको घटनाले आफू स्तब्ध भएको बताउँदै लुकाकुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।



    गोल गरेलगत्तै लुकाकुले एरिक्सनको श्वास्थ्य लाभका लागि मैदानमै कामना गरेका थिए । फिनल्याण्डसँगको खेलमा मैदानमै बेहोस भएर लडेका एरिक्सनको हाल उपचार जारी छ । उनको स्वास्थ्य अवस्था स्थिर तथा सुधारोन्मुख रहेको बताइएको छ ।

    बेल्जियमका लागि खेलको ३४ औँ मिनेटमा मनुयरले तथा लुकाकुले ८८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार