Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उपत्यकामा निषेधाज्ञाको नयाँ मोडालिटी : असारदेखि ‘लुजडाउन’

    उपत्यकामा निषेधाज्ञाको नयाँ मोडालिटी : असारदेखि ‘लुजडाउन’

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक आज दिउँसो बस्ने भएको छ ।

    उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउन र थप नयाँ मोडालिटी तयार पार्न गृहमन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सहित सीडीओहरुको बैठक बस्न लागेको हो।



    पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर घट्दै गइरहेको र पहिले भन्दा जोखिम कम रहेको भन्दै प्रशासनले असारदेखि ‘लुजडाउन’को अबधारणा अघि सारेको बताउदै आएको  छ।



    प्रशासनका अनुसार विद्यालय/विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल जारी रहेको र यसबारे छिट्टै त्यसको मोडालिटी ल्याइने छ । निषेधाज्ञालाई अनिश्चितकालसम्म लम्ब्याउँदै जाँदा त्यसबाट उत्पन्न हुने नकारात्मक परिस्थितिलाई मध्यनजर गरेर विस्तारै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आर्थिक गतिविधि पनि खुलाउँदै लैजाने विषयमा छलफल चलिरहेको छ। ‘

    यस्तै, प्रशासनले खोप र परीक्षणको दायरा बढाएर विस्तारै निषेधाज्ञालाई खुकुलो बनाउनुपर्छ भन्ने सुझाव व्यक्त गरेको छ । यसअघि गृह मन्त्रालयले देशभरका प्रशासनमा निषेधाज्ञाको विकल्प र आर्थिक गतिविधि विस्तारै सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना बनाएर पेस गर्न सर्कुलर गरिसकेको छ ।

    उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार सकिदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार