Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युरोकप फुटबल : आज तीन खेल हुँदै

    युरोकप फुटबल : आज तीन खेल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 3.2K
    SHARES

    एजेन्सी । जारी युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत आज तीन खेलहरु हुँदैछ ।

    आज समूह ‘सी’मा रहेका देशहरुको दुई खेल र समूह ‘डी’मा रहेको टिमको एक खेल हुनेछ ।



    आजको पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्याण्ड र क्रोएसियाबीच लण्डनको वेम्बली स्टेडियममा नेपाली समयानुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।



    यस्तै, आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मै रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    यसगरी आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ ।

    समूह ‘डी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    यसअघि हिजो भएको खेलमा बेल्जिमले रुसलाई र फिनल्याण्डले डेनमार्कलाई पराजित  गरेको थियो भने वेल्स र स्वीजरल्याण्डबीच बराबरीमा सकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार