Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

    राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सन् २०२२को फिफा विश्वकप तथा  एसियन कप फुटबल छनोटको खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आईपुग्ने भएका छन्।

    कुवेतबाट कतारको दोहा हुँदै २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आज स्वदेश आईपुग्ने भएका हुन् ।



    छनोटमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको नेपालले अष्ट्रेलियाविरुद्ध पनि समान ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।



    यस्तै नेपालले छनोट खेल अघि  इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार