Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गण्डकी प्रदेश

    जाँदाजाँदै पूर्वमुख्यमन्त्री गुरुङले भने – सबै डाँकुहरु बेदव्यास नहुँदा रहेछन्

    जाँदाजाँदै पूर्वमुख्यमन्त्री गुरुङले भने – सबै डाँकुहरु बेदव्यास नहुँदा रहेछन्

    'आँगनमा धतुरो उमारेर अमृतको आश गर्न नहुने रहेछ'

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 2.4K
    SHARES

    कास्की। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै डाँकुहरु बाल्मिकी बन्न नसक्ने बताएका छन् ।

    आज सरकारी निवास छोड्नु अघिको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री गुरुङले आफूले दीपक मनाङेलाई डाँकुबाट बाल्मिकी बनाउन खोजेको तर उनकै कारण असफल भएको भन्दै यस्तो बताएका हुन् । मनाङेले आफूलाई धोका दिएकोमा गुनासो गर्दै गुरुङले भने, ‘सबै डाकुहरु चाहिँ बेदव्यास हुँदा रहेनछन।’



    ‘दीपक मनाङेको विगतको पृष्ठभूमि राम्रो छैन, उनी गुन्डागर्दीमा संलग्न भएका व्यक्ति हुन्। त्यसैले पनि उनी राजनीतिमा आउँदादेखि नै यही विषयका कारण चर्चामा आइरहेका छन्। उनी मन्त्री हुँदासमेत चर्को टिप्पणी भएको थियो। अहिले पनि विपक्षी गठबन्धनबाट मन्त्री हुँदा चर्चामा नै छन्। तर, सौभाग्य ४५ दिनमा तीन पटक मन्त्री हुने भाग्य उनैलाई जुरेको छ।’ पूर्वमुख्यमन्त्री गुरुङले भने।



    मनाङेकै कारण आफू नेतृत्वको सरकार ढलेकोमा गुनासो गर्दै उनले भने, ‘आँगनमा धतुरो उमारेर अमृतको आश गर्न नहुने रहेछ।’

    पूर्वमुख्यमन्त्री गुरुङले गत वैशाख १६ गते पहिलोपटक मनाङेलाई खेलकुद मन्त्रीका रुपमा शपथ गराएका थिए। त्यसपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिए । फेरि अर्को बाटोबाट उनी नै मुख्यमन्त्री भए । त्यहीखेर पनि उनले दीपक मनाङेलाई मन्त्री बनाएका थिए।

    तर, २७ गते फेरि विश्वासको मत लिँदा दिपक मनाङेले मुख्यमन्त्रीको साथ छोडे। उनले विपक्षी गठबन्धनलाई साथ दिएका थिए।

    यस्तै, गुरुङले मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारलाई प्रतिपक्षी दलको नेताका रुपमा सकारात्मक कामका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

    ‘यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस्। तर, गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएका छन् । अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ,’ गुरुङले भने, ‘केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ। त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार