Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकीमा सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजिनामा

कास्की। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

प्रदेशमा पृथ्वीसुब्बा गुरुङ (नेकपा एमाले) नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।

बिहीबार संसदमा एमालेबाट मुख्यमन्त्री बनेका गुरुङले विश्वासको मत नपाएपछि आइतबार विपक्षी गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।

लमजुङ घर भएका घिमिरेलाई गुरुङले आफू मुख्यमन्त्री बनेपछि नियुक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077