Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रदेश नं २

    मन्त्रिपरिषद् समावेशी नभएको भन्दै मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

    मन्त्रिपरिषद् समावेशी नभएको भन्दै मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतले गरेको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।



    गत जेठ २८ गते प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन्।



    ५ पन्ने लामो पत्रमा भनिएको छ, ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ। ‘

    प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना अन्य मन्त्रीहरु रहेका छन् । तर, कोही पनि महिला छैनन् तर, आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव रहेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार